Logo

अनलाइनपाना खोज

सभामुख सापकोटाविरुद्धको मुद्दा सपना प्रधानको इजलासमा



नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको रिट आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिलने भएपछि आजका लागि सारीएको थियो ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठील सभामुखमा चयन नगर्न माग गर्दैे सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए । सापकोटा आतबार नै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले आजै केहीबेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।