कैलालीको गोदावरी नगरपालिकाबाट वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उक्त नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ ।
स्थानीय एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे प्रहरीले खुलाएको छैन ।
‘जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएका छौं, तर घटनाको बारेमा सबै विवरण संकलन भइरहेकाले केहिबेरमा पत्ररकार सम्मेलन गरेर पूर्ण जानकारी दिन्छौं,’ डिएसपी बस्नेतले भने ।





















प्रतिक्रिया