Logo

अनलाइनपाना खोज

दुई एनसेल टावरमा आगजनी



मकवानपुरमा रहेका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लको भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि गएराति आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घटनापछि देउरालीममा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली घटनास्थलमा पुगेको थियो ।

विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको प्रहरीले अनुमाण गरेको छ । तय घटनाको अहिलेसम्म कसैले पनि जिम्मा नदिएको र यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।