Logo

अनलाइनपाना खोज

आज राति वर्षा र हिमपातको सम्भावना



सोमबार पश्चिमी न्युन चापीय प्रणालीको नेपालको पश्चिमी भेगमा सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।

सोमबार दिउँसो देशको पश्चिमी भु–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । तराइका केहि ठाउँमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ ।

यसैगरी राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसममा सुधान नहुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।