मोरङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको ग्रामथान गाउँपालिका–५ गिधनियामा सञ्चालन भइरहेको ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
आगामी माघ २६ गतेसम्म सञ्चालन हुने महायज्ञ आज (मंगलबार) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका लागि बनाइएको अस्थायी टेन्टभित्र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कायौलय मोरङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
अन्दाजी ४०÷४५ वर्षको उमेरको देखिने पुरुषको शव फेला परेको उनले बताए । चिसोले कठ्याग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ, तर उनको पहिचान भने खुलेको छैन । शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको छ ।





















प्रतिक्रिया