Logo

अनलाइनपाना खोज

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ



झापामा ७ वर्षीया आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कानकाई नगरपालिका–१ का ३० वर्षीय एक व्यक्तिले मादक पदार्थ सेवन गरी छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका बुबाविरुद्ध हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । उनकाअनुसार, बालिकाकी आमा केही वर्षअघि अर्कैसँग विवाहगरेपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको प्रहरीमा दर्ता भएको उजुरी उल्लेख गरिएको छ ।

पीडितको उजुरीका आधारमा बाबुलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।