Logo

प्रदेश

सीपी मैनाली दुर्घटनामा परे, अवस्था गम्भीर



नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौ आउँदै क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ ख ७६६८ नम्बरको गाडिसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना महोत्तरीको बर्दिवास नगरपालिका ३ मा भएको हो । दुर्घटनामा परेका मैनालीको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि हेलिकप्टर बाट काठमाडौ ल्याउने तैयारी भएको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार १४:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।