Logo

आजको तस्विर

प्रियंका कार्की भन्छिन् – आमा बन्न लागेकी छैन



कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे । आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ ।

हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् ।प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रममा आफू अहिले आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो रु भनेर प्रश्न गर्दै आइरहेका थिए ।

priyanka-karki-2.jpg

‘म आमा बन्न लागेकी छैन, त्यस्तो भयो भने तपाईंहरुलाई भनिहाल्छु,’ प्रियंकाले भिडियोमार्फत भनिन् ।साथै प्रियंकाले आयुष्मानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्नको पनि जवाफ फर्काएकी छिन् । उनले प्रेम यत्तिकै भएको बताएकी छिन् ।

‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु उसले ९आयुष्मान० ले मलाई स्न्यापच्याटमा जिस्काउँथ्यो, तर हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।

priyanka_karki.jpg

पछिल्लो समय आयुष्मान र प्रियंकालाई फिल्म ‘लभ दिवस’ मा देखिएको थियो । उक्त फिल्म व्यावसायिक हिसाबले भने असफल रह्यो । दर्शकले प्रियंका र आयुष्मानलाई रिल लाइफमा भन्दा बढी रियल लाइफमा मन पराएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १० : २९ बजे