Logo

प्रदेश

घरेलु मदिरा सेवनका कारण धनुषामा पाँचजनाको मृत्यु



अत्याधिक घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अत्याधिक मदिरा सेवन गरेका पाँच जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा रामनारायण महरा, राजु महरा (भारत विहार), गुद्री महरा, रामबिलास मण्डल र ब्रहमदेव यादव रहेका छन् ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाको बारेमा अनुसन्धान भईरहेको समेत प्रहरीको भनाई छ । मृतकको पहिचान भने हाल गोप्य राखिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।