Logo

मनोरञ्जन

पहिलो पटक चलचित्रमा एकसाथ देखिदैँ प्रभास र कट्रिना



तमिल फिल्मका स्टार प्रभासको लोकप्रियता तमिल फिल्म क्षेत्रमा जति छ बलिउडमा पनि त्यति नै छ । उनले केहीसमय अघि बलिउड नायिका श्रद्धा कपुरसँग चलचित्र साहो मा काम गरेका थिए ।

तर चलचित्रले अपेक्षा गरे अनुसारको कमाइ गर्न सकेको थिएन । यस्तै अब फेरि एकपटक प्रभासले बलिउड नायिकासँग काम गर्न लागेको कुरा बाहिर आएको छ ।

प्राप्त जानकारी अनुसार प्रभासले अब नायिका कट्रिना कैफसँग काम गर्ने भएका छन् । चलचित्रबारे अन्य केहीपनि जानकारी दिइएको छैन । तर यी दुईले एकसाथ काम गर्ने सम्भावना भने प्रवल देखिएका छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।