Logo

प्रदेश

प्रचण्डलाई थप्पड हानेका कुँवर पक्राउ



तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा हाल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

संघीय संसद भवनमा जबर्जस्ती छिरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कँुवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले कुँवर पक्राउ परेको पुष्टि गरेको छ । बाग्लुङको राजकुत घर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।