प्रहरीले काठमाडौको सानोभर्याङबाट १० लाख थान माक्स बरामद गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको माक्स बरामद गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौ बस्दै आएका युवराज न्यौपाने छन् । डिप ओभर्सिज नामको कम्पनी सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको माक्सलाई बढी मूल्यमा बेच्ने उदेश्यले गोदाममा लुकाएर राखेको प्रहरीले जानकारी दिएको छ ।
न्यौपानेलाई माक्स सहित सानोभर्याङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।




















प्रतिक्रिया