Logo

प्रदेश

बारामा अविवाहित युवतीलाई मोबाइल बोक्न प्रतिबन्ध



बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित युवतीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय भएको हो । उक्त वडाको चौरहरिया टोलबाट एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागेका थिए । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर गएका थिए । गुनासो सम्बोधन गर्न यस्तो निर्णय गर्नुपरेको वडाले जनाएको छ ।
अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध लगाइएको छैन ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।