विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रास नेपालमा पनि फैलिएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा एक जना महिला सांसद सहित चार जना अस्पताल भर्ना भएको सार्वजनिक भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार सुदूरपश्चिम प्रदेशकि महिला सांसद सहित चार जना आइसोलेसनमा भर्ना भएको पुष्टि गरेको छ । अस्पतालका अनुसार एक जना सांसद सहित तीन बिहिवार र एक जनालाई आइतबार अस्पतालमा भर्ना गरिएको जानकारी दिएको हो ।
अस्पतालले भर्ना भएको बिरामीको नाम सार्वजनिक गरेको छैन् । बिरामी र सांसदले नाम नखुलाइदिन अनुरोध गरेकोले नाम नखुलाएको अस्पतालको भनाइ छ ।
बिरामीको नमुना संकलन गरेर काठमाडौ पठाइएको र सोमबारसम्म रिपोर्ट आउने अस्पतालको भनाइ छ ।





















प्रतिक्रिया