Logo

प्रदेश

भक्तपुरमा दुर्घटना, १ दर्जन गाडीहरु आपसमा ठोक्किए



भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् । सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् । शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।