Logo

प्रदेश

‘लकडाउन’ अवज्ञा भएपछि सेना सडकमा, अवज्ञा निरन्तर रहे कर्फ्यु लगाउने तयारी



कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको निर्णयको उल्लंघन भएपछि प्रदेश २ को सप्तरीमा नेपाली सेना सडकमा आएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर सहित प्रदेश २ का धेरै ठाउँमा भिड कम भएपनि सर्वसाधारणहरू घर बाहिर आउन छाडेका छैनन् । केहि पसलहरू पनि सञ्चालनमा रहेका छन् ।

प्रदेश २ को सप्तरीमा भने प्रहरीको संख्या कम भएको भन्दै जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको छ । ‘लकडाउन’ को निरन्तर अवज्ञा भए कर्फ्यु लगाउने चेतावनी समेत दिएको छ ।

अहिलेसम्म घर बाहिर निस्किएका सर्वसाधारणलाई सम्झाएर घरभित्रै बस्न आग्रह गरिरहेको जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।