Logo

आजको तस्बिर

‘लकडाउन’को तेस्रो दिन सुनसान काठमाडौ (फोटो फिचर)



कोरोना भाइरस महामारी फैलिन नदिन गत मंगलबार देखि सुरु भएको ‘लकडाउन’को आज तेस्रो दिन पनि राजधानी काठमाडौ सुनसान देखिएको छ ।

काठमाडौका सडक र पसलहरू सुनसान देखिएका छन् । काठमाडौका मुख्य चोक तथा सडकहरू सुनसान देखिएका हुन् । भित्री बजारका केहि पसलहरू भने सुचारु देखिएका छन् ।

काठमाडौ उपत्यकामा ‘लकडाउन’ ९५ प्रतिशत सफल कार्यान्वयन भएको जिल्ला प्रशासन कार्यलय काठमाडौले जनाएको छ । बिहान र बेलुकाको तुलनामा दिनमा राजधानी काठमाडौ सुनसान देखिएको हो ।

सरकारले बिहान २ घण्टा र बेलुका २ घण्टा खाद्यान्न लगाएका अत्यावश्यक सामाग्रीको पसल खोल्न दिने बताएको भएपनि समय निर्धारण नगर्दा अन्यौलता उत्पन्न भएको कौशलटारका तरकारी बिक्रेता कृष्णहरि कँडेलले बताए ।

सरकारको निर्देशन नमान्नेलाई ६ महिनासम्म कैद सजायँ हुने बताइएको छ । राजधानीका मुख्य सडकहरु कोटेश्वर, नयाँ बानेश्वर, चावहिल, गौशाला, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक तथा बागबजार जस्ता अत्याधिक चहलपहल हुने स्थानहरु आज पनि सुनसान छन् । न्यूरोड, असन, भोटाहिटी, लाजिम्पाट, नक्साल, ठमेल लगायतमा पनि नागरिकको उपस्थिती कम छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।