Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: चार औषधिको महापरिक्षण चल्दै, सकारात्मक नतिजाको प्रतीक्षा



कोरोना भाइरस (कोभिड – १९) रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ संगठन (WHO) को आग्रहमा कोरोना भाइरसका लागि सबैभन्दा प्रभावकारी चार औषधिको परिक्षण सुरु भएको खबर सार्वजनिक भएको छ ।

गत मार्च १३ मा जेनेभामा भएको विश्व स्वास्थ संगठनको वैज्ञानिक समितिको बैठकले यो औषधि महापरिक्षणका लागि पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । यो सम्बन्धि रिपोर्ट द न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनले रिपोर्ट प्रकाशित गरेको छ ।

यस्ता छन् ती चार औषधि:

१. रेमडेसिवीर : यो औषधि जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको औषधि हो । यसले कुनै पनि भाइरसको आरएनएलाई फोड्छ । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ ।
अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । गम्भीर आवस्थाको बिरामीमा यो औषधि चलाइएपछि उसलाई एक दिनमै केही आराम भयो । यो सम्बन्धि रिपोर्ट द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।

२. क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । तर डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो ।

यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि आसफल तथा कमजोर हुन्छ ।

३. रिटोनावीर लोपिनावीर : सन् २००० मा यसको प्रयोग अमेरिकामा गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । यो शरीरमा तिब्ररुपमा घुल्छ ।

हल्का संक्रमणका लागि रिटोनावीरको प्रयोग गरिन्छ । धेरै संक्रमण भएमा भने लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ ।

यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । १ सय ९९ बिरामीलाई दैनिक दुई पटक दुई दुई गोली दिइएको थियो । तर केही बिरामी मरेका पनि छन् । द न्यु इंग्ल्याण्ड जर्नल आफ मेडिसिनमा प्रकाशित लेखमा औषधिको सकरात्मक असरको विषयमा लेखिएको छ ।

४. रिटोनावीर, लोपिनावीर र इन्टरफेरान-भिटाको मिश्रण : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ ।

डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, अर्जेन्टिना, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।