Logo

प्रदेश

प्रेमीसँग मिलेर श्रीमानको हत्या, पत्नी सहित दुई पक्राउ



प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका – ३ कोशिला देवी छिन् । उनको साथमा उनका प्रेमी राकेश कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धनुषाले दिएको जानकारी अनुसार कोशिलाले आफ्ना प्रेमी राकेश सँग मिलेर पति राजकिशोर मण्डलको हत्या गरेका थिए । प्रहरीका अनुसार प्रेमी राकेशकै सल्लाहमा कोशिलाले पति राजकिशोरलाई खानामा विष मिलाएर खुवाएकी थिइन् । विष मिलाएको खाना खाएपछि सुतेका राजकिशोर सुतेकै अवस्थामा बेहोस भएका थिए ।

पति राजकिशोर बेहोस भएपछि कोशिलाले प्रेमी राकेशलाई बोलाएकी थिइन् । पछि दुवै जनाले बहोस भएका राजकिशोरलाई घर बाहिरको कल धारामा रहेको कङ्क्रिट (इट्टा) ल्याइ मुख र टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

राजेशको हत्या भएकै राति घटनास्थलमा पुगेको प्रहरीले कोशिलालाई उनकै घरबाट पक्राउ गरेको थियो । राकेशलाई भने कोशिलाको बयानको आधारमा धनुषाको शहीदनगर – ७ स्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको (साबिती) बयानका क्रममा दुवै जनाले ‘प्रेम जोगाउन’का लागि भनेर योजना बनाएर राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।