पर्सा राष्ट्रिय निकुञ्जमा गोली चलेको छ । सेनाको गोली लागेर एकजनाको ज्यान गएको छ ।
शुक्रबार बिहान ९ बजे सेनाले निकुञ्जमा गस्ती गरेको थियो। सोही क्रममा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन।
त्यस्तै सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन्। उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ। मकवानपुरका तस्कर मोहन सिङ दोङलाई नियन्त्रणमा लिइएको छ।
साथै सेनाले तस्करबाट दुई थान बन्दुक, बारूद र धारिलो हतियार समेत भेटेको नेपाली सेनाले जनाएको छ ।





















प्रतिक्रिया