Logo

गण्डकी प्रदेश

‘लकडाउन’मा खटिएका प्रहरीको गोली लागेर मृत्यु



कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ ।हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए ।

मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनको अचानक गोली पड्केर लागेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।