अध्ययन तथा रोजगारीको शिलशिलामा मुलुक बाहिर रहेका नेपालीहरूलाई सहायता पुर्याउने उदेश्यले पब्लिक ईनोभेटर दीपेन्द्र कँडेलले अन्तराष्ट्रिय ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।
आफ्नो सामाजिक संस्था ‘द दीपेन्द्र कँडेल अफिस’ मार्फत उनले अन्तराष्ट्रिय कोरोना प्रभावित ‘हेल्प डेक्स’ स्थापनाको घोषणा गरेका हुन् । यदि तपाई विदेशमा हुनुहुन्छ भने सिधा दिपेन्द्र कँडेललाई फोन गर्नुस्, समस्याको समाधानमा म सहायता गर्छु’ कोरोना भाइरसका कारण विश्व आक्रान्त भएका बेला विश्वभर छरिएर रहेका नेपाली पनि समस्यामा छन् । उनिहरूलाई सहायता गर्नु हामी सबैको दायित्व हो । उनले भने ।
खासगरी नेपालको अर्थतन्त्रमा निकै ठूलो योगदान दिने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ‘हेल्प डेक्स’ को स्थापना गरिएको उनले जानकारी दिए । मुलुक बाहिर रहेका नेपालीका जुनसुकै समस्याको सहजीकरण गर्दै सम्बन्धित देशका राजदूत मार्फत समस्या समाधानको प्रयास गरिने उनको भनाइ छ ।
कोरोना भाइरसको चपेटामा परेका मुलुकमा रहेका नेपालीको लागि सुरक्षित बसोबासको सुविधा, खानपिन र आवश्यक स्वास्थ उपचारको लागि सम्बन्धित देशका नेपाली राजदूत मार्फत समस्या समाधानको लागि प्रयास गर्ने त्यसो हुन नसके नेपालको परराष्ट्र मन्त्रालय मार्फत समस्या सहजीकरणमा सहायता पुर्याउने उनको प्रतिबद्धता छ ।
अष्ट्रेलिया, युरोप, खाडी मुलुकहरू, भारत, अमेरिका सहित सारा विश्वभरका नेपालीको सहायताका लागि आफू र आफ्नो टिम अहोरात्र खट्ने समेत उनले जानकारी दिए । अष्ट्रेलिया लगायतका मुलुकमा अध्ययनका लागि गएर समस्यामा परिरहेका नेपाली विद्यार्थीलाई सस्तो विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिदैं नेपाल फर्कने निर्णय हतारमा नगर्न पनि उनले सुझाव दिए । यसले विद्यार्थीको करियरलाई असर गर्ने भन्दै त्यतातर्फ सचेत रहन समेत आग्रह गर्दै उपयुक्त निर्णय लिन सुझाव दिए ।
पीडितहरूको आवाज सम्बन्धित निकायसम्म पुर्याउने आफूहरूको दायित्व रहेको भन्दै कुनै पनि खालको समस्या भएका सम्पूर्ण नेपालीले दीपेन्द्र कँडेलको ‘हेल्प डेक्स’ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ ।




















प्रतिक्रिया