Logo

प्रमुख समाचार

पोखरामा अर्को एक जना कोरोना संक्रमित भेटिए



र्‍यापिड टेस्टको क्रममा पोखरामा एक जना कोरोना संक्रमित भेटिएका छन् । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा उपमहानगर पालिकाको स्वास्थ महाशाखाले पनि र्‍यापिड उनको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ । संक्रमित महिला पोखरा उपमहानगरपालिका १२ ढिकालेथरिकी भएको जनाइएको छ ।

थप परिक्षणको लागि उनको थ्रोट स्वाब थप परिक्षणको लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको पोखरा उपमहानगरपालिका स्वास्थ महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।