Logo

आजको तस्विर

५ वर्ष पछि पुनर्जीवित : रानीपोखरी



भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि पुनर्जीवित भएको छ। 

पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो ।

CKK_KTM_Ranipokhari2-1-768x509.jpg

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब ३ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ ।

पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको छ । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिएपनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो ।

 

CKK_KTM_Ranipokhari3-768x405.jpg

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ४५ बजे