Logo

प्रदेश

सदन देखि जनस्तर सम्म सांसद मल्ल क्रियाशील: डडेल्धुरामा एनडि प्रकास भाेजन चुलाे सञ्चालनमा



नेपाली काँग्रेसका युवा नेता,डडेल्धुरा जिल्ला सभापति एबं प्रदेशसभा सदस्य सांसद कर्ण मल्ल सदन देखि स्थानीय जनस्तर सम्म जनताकाे सेवामा निकै सक्रिय देखिएका छन् ।

सांसद मल्लले हिजाे बिहिवार प्रदेससभाकाे बैठकमा बाेल्दै जनताकाे स्वास्थ प्रति सरकार जिम्मेवार बन्नुपर्ने र यस अघि नै डडेल्धुराको विपद व्यवस्थापन समितिकाे मिति २०७७/०२/११ गतेको निर्णय सहित डडेल्धुराको अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालन गर्ने आवश्यक तयारी गरिसकेको जानकारी गराइसकेकाेले डडेल्धुराकाे अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालन गर्न प्रदेश सरकारले यथा सिघ्र बजेटको आवश्यक व्यवस्थापन गर्नका लागि विशेष माग गरे ।

काेराेना माहामारिकाे विषम परिस्थितिमा जनताकाे स्वास्थ्य प्रति संबेदनसिल बन्दै जनतालाई स्वास्थ्य उपचार सुबिधाका लागि काेराेना असपताल सञ्चालन गर्न बजेट माग गर्दै प्रदेशसभामा अावाज उठाइरहेका सांसद मल्लले अाफ्नै अगुवाइमा काराेना महामारिका कारण सिमाबाट उद्धार गरिएका र जिल्लाका क्वारेन्टाईनभित्र रहेका जनतालाई खाना खुवाउन एन.डि. प्रकास चटाैत आपतकालिन भोजन चुलो संचालन गरि एतिहासिक कार्यकाे थालनि समेत गरेका छन् ।

सांसद कर्ण मल्लकै सक्रियतामा एन.डि. प्रकास चटाैत अापतकालिन भाेजन चुलाे सञ्चालन गरि समस्यामा परेका जनताकाे सेवाका लागि डडेल्धुरा नेपाली काँग्रेसका क्रियासिल ब्यक्तिहरु सहितकाे छुट्टै सेवा दल समेत गठन गरिएकाे छ ।

सुदुरपश्चिमकाे डडेल्धुरामा जन्मिनु भएका नेपाली राजनितीका अद्वितीय एबं मूर्धन्य व्यक्तित्व, सामाजिक अग्रगमनका अग्रणि एव परिवर्तनवादि श्रष्टा,अदभूत क्षमता र बाैद्धिकता धनी,महान समाजवादि चिन्तक र नेपाली राजनितीका उज्वल महारथी स्वर्गीय एन.डि. प्रकास चटा‌ैतकाे सम्मानमा सञ्चालित एन.डी. प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत सिमानबाट उद्धार गरिएका र विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य भइरहेकाे छ ।

कुशाग्र बुद्धि,सँगठनकलाका धनी ,राजनितीमा क्रान्तिकारी,दर्शनमा समावादि र साहित्यमा माैलिक श्रृजनावादि रहेका महान समाजवादि चिन्तक,समग्र प्रजातन्त्रका धराेहर, राजनितीक सँगै सामाजिक र साहित्यिक क्षेत्रमा समेत समान रुपमा क्रियाशिल स्वर्गीय एनडि प्रकास चटाैतले अाधा सताव्दि अगाडि खडा गरेकाे प्रजातान्त्रिक जगलाई सुदुरपश्चिमले अहिलेपनि अात्मसाथ गरिरहेकाे छ। जननायक बिपि काेइराला समेत मुग्ध प्रशंसक रहेका यस्ता महान समाजवादि हस्ति एन.डि. प्रकास चटाैतकाे सम्मानमा अापतकालिन भाेजन चुलाे सञ्चालन गर्दै महामारिमा जनसेवामा अाफुलाई समर्पित गरि सासंद मल्लले स्वर्गीय एन.डि. प्रकास चटाैतले देखाएकाे समाजवादि बाटाे तर्फ उन्मुख हुँदै अाधा सताव्दि अगाडि स्वर्गीय एनडि प्रकासले खडा गरेकाे प्रजातान्त्रिक जगलाई अात्मसाथ गर्दै स्थानीय स्तरमा जनताकाे सेवामा जुटेकाे देखिन्छ ।

बैशाख २७ गते सांसद मल्ल द्वारा नै औपचारिक रुपमा सुभारम्भ गरिएको एन.डि.प्रकास चटाैत आपतकालिन भोजन चुलो डडेल्धुरा जिल्लामा निकै सक्रिय रहेको छ । उद्धारगरि ल्याईएका वा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुको खोजी गर्दै खाना खुवाउने कार्यमा सेवा दलका सदस्यहरु सक्रिय रहेका छन्।
बैशाख २७ गतेदेखी शुरु भएको आपतकालिन भोजन चुलोले दैनिक १०० जनालाई खाना खुवाउदै आएको छ ।

जिल्ला भित्र विभिन्न क्वारेन्टाइनमा रहेका मानिसहरुलाई एनडिप्रकास चटा‌ैत अापतकालिन चुलाे मार्फत खानाकाे ब्यबस्था गरि सेवा गरिरहेका सांसद मल्लले भारतबाट अाएर डडेल्धुरा जिल्लाका सम्पूर्ण क्वारेन्टाइनहरुमा रहेका झन्डा/झन्डै ५१००जना मानिसहरुकाे ततकाल पिसिआर बिधिबाट स्वास्थ्य परिक्षण गर्न र अभाव भएका परिक्षण किट, भिटीएम,आरडीटी,स्वास्थ्यकर्मीलाई पीपीई र एन नाइन्टी फाइप माक्स यथाशिघ्र प्रदेश सरकारको सामाजिक मन्त्रालयले उपलब्ध गराउन प्रदेश सरकार समक्ष बुलंद अावाज उठाउदै हिजाे बिहिवारकाे प्रदेशसभा बैठमा माग समेत गरेका थिए ।

यस अघि सांसद मल्लले डडेल्धुराका विभिन्न स्थानिय तहमा स्वास्थ सामाग्रि र राहात सामाग्रि समेत उपलब्ध गराउदै अाएका छन् । साथै भारतबाट गा‌ैरिफन्टा नाकामा अाएका सुदुरपश्चिम लगायत विभिन्न ठाउका नेपाली नागरिकहरूलाई नाका मै पुगेर राहात स्वरुप पानी,चाउचाउ लागायत खाजा समेत बितरण गर्दै अाएका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।