Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट बच्न २० लाख खोप तयार: डोनाल्ड ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाखवटा खोप तयार पारिसकिएको बताएका छन् ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा खोप तयार भएको तर, सुरक्षित प्रयोगका लागि वैज्ञानिकले प्रमाणित गरिदिन मात्रै बाँकी रहेको बताए।खोप तयार भएपनि यसको प्रयोग गर्न वैज्ञानिकले मञ्जुरी लिन बाँकी रहेको उनले बताए ।

अमेरिकाका बरिष्ठ संक्रमण रोग विज्ञषेज्ञ डाक्टर एन्थनी फाउचीले पनि एक वर्षभित्र एक लाख खोप तयार हुने बताएका छन् । ट्रम्पको पत्रकार सम्मेलनपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले राष्ट्रपतिको भनाइबारे आफूलाई केही जानकारी नभएको र टिप्पणी गर्न नसक्ने प्रतिक्रया दिए।

तर गत मंगलबार डाक्टर फौचीले एक चिकित्सा सम्मेलनमा आगामी वर्षसम्म लाखौं खोप तयार हुने आशा व्यक्त गरेका थिए । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी प्रशानले खोप बनाउन ५ कम्पनीलाई काममा लगाएको छ ।

यतिबेला अमेरिकाका धेरै कम्पनीले वैज्ञानिकले प्रमाणित गर्नुअघि नै ठूलो मात्रामा खोप बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । तर, खोप तयार पार्ने कम्पनीबारे बताइएको छैन। बीबीसीका अनुसार, ट्रम्पले तयार भएको खोप कहिलेबाट प्रयोगमा आउने भने खुलाएनन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।