पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिंदा बेपत्ता भएका थप एकजना मृत भेटिएका छन् । यो सँगै मृतकको संख्या ६ पुगेको छ ।
पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु तीनजनाको शव फेला परेको छ ।
तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये ६ जनाको शव फेला परेको हो । प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् ।



















प्रतिक्रिया