स्पेनिस ला लिगा अन्तर्गत बिहीबार रातीको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जिमाले दुई तथा एसेन्सिओले एक गोल गरे । बेन्जिमाले ६१ र ८६ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एसेन्सिओले ७४ औँ मिनेटमा गोल गरे ।
८९ औँ मिनेटमा ली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो ।
बेन्जिमाले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरेर २४३ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा आएका छन् ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६२ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट दुई अंक बढी रहेको छ ।
ला लिगा अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।




















प्रतिक्रिया