Logo

प्रदेश

दाजुभाइ मिलेर १२ वर्षीया बालिकालाई बलात्कार !



कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बलात्कारको आरोपमा दुई जना पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको बताएको छ  ।

‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’ एक प्रहरी अधिकारीले भने ।

पक्राउ परेकाहरु दाजुभाइ हुन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।