Logo

प्रमुख समाचार

कांग्रेसभित्र उठ्यो बिशेष महाधिवेशनको माग



नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र बिशेष महाधिवेशनको माग गर्ने तयारी भइरहेको खुलासा गरेकी छिन् ।

नेतृ कोइरालाले आज सामाजिक संजाल मार्फत यस्तो धारणा ब्यक्त गरेकी हुन। कोरोना संक्रमणका कारण पार्टीको महाधिवेशन लक्षित कार्यक्रमहरु प्रभावित भएको बहानामा पार्टी संस्थापन पक्षले महाधिवेशन रोक्न सक्ने आशंका भैरहेको समयमा प्रभावशाली नेतृ कोइरालाको यस्तो धारणा आएको हो ।

कोइरालाले लेखेकी छिन-“अव नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन ! यदी तुरुन्त त्यसो हुन् सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।”

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।