Logo

मनोरञ्जन

पल शाह भाइरल, ‘ए है माया’ बोलको गीत अहिले युट्युबको शिर्ष स्थानमा



अभिनेता पल शाहको अभिनय रहेको ‘ए है माया’ बोलको गीत अहिले युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको छ । चर्चित गायिका मेलिना राई र गायक सरोज राईको आवाज रहेको यो गीत युट्युबमा धेरैले हेरेका छन् । भर्खर मात्र सार्वजनिक भएको उक्त गीतले छोटो समयमा १० लाख भन्दा धेरै भ्युज पाउन सफल भएको छ । दिपक शर्माको संगीतमा तयार भएको गीतको कारीयोग्राफर विक्रम स्वाँर हुन् ।

लकडाउनले घरमा बस्न बाध्य भएका मनोरन्जनात्मक कार्यक्रम हेर्न नपाएकाले पनि दर्शकले पल शाहको नयाँ भिडियोलाई मन पराएका छन् । उनी म्युजिक भिडियोबाट नै चलचित्र क्षेत्र प्रवेश गरेका हुन् । भिडियोमा पलको साथै सागर लम्साल ‘बले’, रियाषा दाहाल लगायतको अभिनय रहेको छ । गीत सार्वजनिक भएपछि पलले भिडियोलाई निकै समय दिएको देखियो । पलले दर्शकलाई कठिन परिस्थितीमा पनि हेरेर साथ दिएकोमा धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार १४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।