सुदूरपश्चिममा शनिबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १३ जना महिला र १७ जना पुरुष रहेका छन् ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारि दिए ।
कैलालीका संक्रमितहरुमा लम्कीचुहा नगरपालिकाका १४ जना, भजनीका १ जना र स्थानीय तह नखुलेका २ जना रहेका छन् ।
यस्तै डोटीका संक्रमितहरु मध्ये शिखर नगरपालिकाका ६ जना र स्थानीय तह नखुलेका ७ जना रहेका छन् । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या १, ९१६ पुगेको छ ।





















प्रतिक्रिया