बलिउड चर्चित नायिका स्वरा भास्करले निर्माता करण जोहरको पक्ष लिएर बोलेपछि उनी अप्ठ्यारोमा परेकी छिन् ।
नायिका स्वराले हालै एउटा पोस्टमा कसैको मृत्यु लागि इन्डष्ट्रिका मानिसहरुलाई जिम्मेवार देखाउनु सही नभएको उल्लेख गरे लगत्तै उनी ट्रोलको शिकार बनिरहेका बेला एक्कासी कंगना रनौतले पनि यो समूहवाद र परिवारवादविरुद्ध मोर्चा खोल्दै नायिका स्वरा भास्कर विरुद्ध आवाज उठाइन् ।
कंगनाले स्वरामाथि निशाना साँध्दै भनिन्, ‘स्वरा चाप्लुसी गर्नु अघि सुरुमा यो कुरा ध्यानमा राख कि सुशान्त सिंह एक सुपरस्टार हुन् र करण जोहर तलब खाने एक प्रस्तोतकर्ता ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा फैलिएको नातावाद र परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेका बेला नायिका कंगनाले स्वराको चाकडीबाज शैलीको भण्डाफोर गर्दै त्यो पाटो नहिँड्न सुझाउँदै भनिन् सुशान्तको आवाज मानिसहरुमाझ पुग्नलाई करन जोहर नै चाहिन्छन् भन्ने छैन ।’





















प्रतिक्रिया