Logo

मनोरञ्जन

मधेसी समुदायप्रति घृणा, द्वेष फैलाएको भन्दै कलाकार सन्दीप क्षेत्रीविरुद्ध उजुरी



कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्री विरुद्ध उजुरी परेको छ । मधेसी समुदाय प्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरेको भन्दै अशोक कुमार कुशवाहाले प्रहरीमा उजुरी दिएका हुन् ।

उनले गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा सार्वजनिक हित, सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको भन्दै छिपहरमाई–५ निवासी कुशवाहाले उजुरी दर्ता गराएका हुन् ।

क्षेत्रीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिम ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्मको कारबाहीका लागि मुद्धा दर्ता भएको हो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।