पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ ।
नेकपाभित्रको शक्तिसंघर्षलाई लिएर यतिबेलो नेकपा विवाद चुलिएको हो ।
नेकपा भित्रको चुलिएको विवाद स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका पार्टी अध्यक्ष र प्रधामन्त्री पद दुबैबाट राजीनामा दिनुपर्ने माग उठेपछि यतिबेला नेकपा आन्तरिक कलहमा फसेको छ ।
प्रधानमन्त्री दुबैपदबाट राजीनामा दिन चाहादैन भने प्रचण्ड मावध कुमार नेपाल समूह कुनै एकपदबाट भएपनि राजीनामा दिनुपर्ने अन्तिम निष्र्कषमा पुगेका छन् ।
प्रधामन्त्रीले पार्टीमा अल्पमतमा परेसँगै उनले विभिन्न उपायहरु उपनाउदै आएका छन् । भने आफ्नो पक्षमा बहुमत जुटाउनका लागि जुटेका छन् । तर प्रचण्ड र माधव नेपाल भने ओलीलाई यसपटक जसरी पनि प्रधानमन्त्रीबाट हटाउने पक्षमा छन् ।
किन बाक्लियो प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
नेकपाभित्रको स्थायी कमिटीमा ओली र प्रचण्डबीच सहमत जुट्न नसेकपछि स्थायी कमिटीका सदस्यहरुले बैठक केहीदिन पर राखेर दुबै नेताबीच वानटुवान बार्ता गरी सहमति जुटाउन आग्रह गरेको थिए । त्यसै अनुरुप ओली प्रचण्ड यतिबेला दैनिक घण्टौंसम्म दुईनेताबीच छलफल चलेको छ । छलफल चलेको भएपनि कुनैपनि दुइनेता बीच सहमति जुट्न सकेको भने छैन।
बुधवार पनि ओली र प्रचण्डले प्रधानमन्त्री निवास बालुटारमा द्इ घण्टा लामो छलफल गरे तर कुनै निष्र्कषमा पुग्न भने सकेनन् । दुइघण्टाको छलफलपछि प्रधानमन्त्री बुधबार साझ राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्नका लागि शितल निवास पुगेका थिए ।
पछिल्लो समय आफू अल्पमतमा परेपछि उनी पार्टी फूटाउने अध्यादेश पुन ल्याउन सक्ने धेरैको अनुमान गर्दै पनि आएका छन् ।
उनले नेकपाभित्र विवाद सिर्जना भएसँगै निकैपटक शितलनिवासमा पुगेर राष्ट्रपति समक्ष भेटवार्ता गरेका थिए । कतिपय नेकपाभित्रकै नेताहरु पनि राष्ट्रपतिसँगको बाक्लो भेटघाटले कतैपार्टी फूट्न सक्ने होकी भन्ने चिन्तामा रहेको बताउँदै आएका छन् ।् पछिल्लो समय प्रधामन्त्री ओलीलाई राष्ट्रपतिले सघाउदै आइरहेकि छन् ।
त्यसकारण पनि राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ताले नेकपाभित्र गम्भिर संकट उत्पन्न भएको हुन सक्ने जानकारहरु बताउँछन् ।





















प्रतिक्रिया