अमेरिकी वा अन्य शक्तिशाली देशहरूको मुठ्ठीभर कर्पोरेट लबिहरू, ठूला हतियार उत्पादक तथा व्यापारीहरू, ठूला औषधि कम्पनीहरू, इन्स्योरेन्स कम्पनीहरू, केन्द्रीय बैंक र खनिज स्रोतमाथि एकाधिकार भएका व्यापारीहरू विश्वभर कुनै न कुनै आतंक फैलाएर नियोजित रूपमा आफ्नो व्यापार साम्राज्य फैलाईरहेका छन् ।
अहिले पनि नियोजित रूपमा कोरोना आतंक फैलाएर PCR Test kit, Mask, Ventilator र अन्य मेडिकल Equipment बेच्ने र नगद कारोबार विस्थापित गर्दै Cashless Transaction स्थापित गर्ने तथा अनिवार्य इन्स्योरेन्स गर्नुपर्ने नियोजित षड्यन्त्र केही हदसम्म सफल भएको छ ।
निश्चित व्यापारीको माध्यमबाट PCR Test kit, Mask खरिद गरि सरकारले हरेक नागरिकलाई अनिवार्य मास्क लगाउन पर्ने तथा PCR Test अनिवार्य गर्नुपर्ने नियम लगाइसकेको छ भने केही दिनमा Corona Vaccine लगाउनै पर्ने तथा Covid-19 को लागी अनिवार्य इन्स्योरेन्सको नियम लगाइसके पछि मात्रै पूर्ण रूपमा लकडाउन खोल्ने रणनीतिमा सरकार देखिन्छ । यसका साथै स्थानीय, प्रादेशिक तथा संघीय सरकारबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा लिनको लागि PCR Test र कोरोना Vaccination को Certificate देखाएपछि मात्रै सेवा सुविधा पाउने कानून लागु भयो भने पनि आश्चर्य मान्नु पर्दैन् ।
स्वदेशी उद्योगलाई कौडिको भाउमा बेचेर रोजगारी दिने कुरा गर्नु एंव ठूला विदेशी कर्पोरेट कम्पनीको पक्षमा सरकारले काम गरेका कैयौं उदाहरण हाम्रो सामु छन् । यो देशलाई Singapur होइन Bhutan मा जस्तै Corruption मुक्त, Free education, Free health, रासायनिक मल विषादी त उन्नत जातको बिउको नाममा धेरै फल दिने भन्दै विदेशी बिउ (जुन आफैंमा विष हो) लाई देश भित्र्याउन प्रतिबन्ध लगाउने र स्थानीय बीउ, प्राकृतिक मल, मौलिक प्रविधिको प्राकृतिक खेती तथा खानेपानीमा Chlorine र Bleaching Powder मिसाउन बन्द गर्दै सफा पानी मात्रै पिउन दिने हो भने नेपालका ५० प्रतिशत अस्पताल आफैं बन्द हुन जान्छ ।
आयोडिनयुक्त नुनको नाममा पुरुषलाई नपुंसक र महिलालाई बाँझोपनको समस्या निम्त्याएर कृत्रिम गर्भाधान गर्ने IBF केन्द्रका व्यापारीहरूको स्वार्थ पुर्ती गर्न ल्याइएको Aluminium silicate मिसावट गरेर बेच्ने काम तत्काल बन्द गरी, बिरे नुन, सेधा नुन मात्रै बेच्ने कानुन निर्माण ल्याउन आवश्यक छ । स्थानीय तोरी तथा सर्स्यु, आलसका अतिरिक्त तिलको तेल प्रयोग गर्नुका साथै सूर्यमुखी पाम वा रिफाइन तेलमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ । स्टिल, आल्मुनियमका भाँडा र प्रेसर कुकरलाई विस्थापित गर्दै मौलिक आयुर्वेदलाई प्राथमिकता दिन आवश्यक छ ।
सौर्न्दर्य प्रशाधनको नाममा केमिकल बाट बनेको कस्मेटिक तत्काल बन्द गरि नेपालमा पाइने मौलिक जडिबुटीबाट बन्ने सौर्न्दर्य प्रशाधनलाई मात्र प्रयोग गर्न मिल्ने कानुन बनाउन आवश्यक छ । ठूलो पसल वा सपिङ मल नभएर सानो पसल वा उद्योगबाट निर्मित तथा मौलिक प्रशोधन एंव प्रक्रियाबाट बनेको सामान अनिवार्य बेच्नुपर्ने कानुन बनाउन आवश्यक छ ।
जर्सी गाई, ट्याक्टर, बोइलर, लेयर कुखुरापालन, केमिकल खुवाएर पालिने माछा विषादीयुक्त फलफुल, तरकारी अन्नमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक छ । रासायनिक मल, विषादी, विदेशी बीउ बिजन र विदेशी उद्योगीका सामान बेच्ने सिमित व्यापारी धनी बन्दै गएका छन् तर, तरकारी, फलफूल, अन्न उत्पादन गर्ने किसान, कुखुरा, गाई, माछा, बङ्गुर पालन गर्ने कति किसान टाट पल्टिए वा आत्महत्या गरे भने तथ्यांक समेत सरकारसँग छैन् ।
प्लास्टिकले बनेका कपडा तथा केमिकल रङहरूमाथि तत्काल प्रतिबन्ध लगाउँदै गाँजा बाट उत्पादन हुने कागज, प्लास्टिक र अन्य धेरै वस्तु उत्पादन गर्नु कानुन ल्याउन आवश्यक छ । मौलिक संस्कार र संस्कृतिको संरक्षण बनजंगलको व्यवस्थापन गर्दै जैविक विविधताको संरक्षण तथा वन्यजन्तुको उचित संरक्षणले मात्रै देशलाई सप्पन्नता र आत्मनिर्भरको बाटोमा लैजान सम्भव छ । यसको अर्को विकल्प छैन् ।
किसानले गरेको उत्पादनको उचित मूल्य निर्धारण गर्ने, स्थानीय शिल्पकला र Finish products नेपालमै सानो उद्योगको मोडेलमा बनाउने नियम लागु गरि नेपालीले आर्जन गरेको मुद्रा पुनः विदेश नजाने तथा अनावश्यक विदेशी उत्पादन बहिष्कार गर्दै आयात घटाउने र निर्यात बढाउने निति तिर तत्काल गम्भीरतापूर्वक लाग्न आवश्यक छ । साना – साना उद्योग समाजले नियन्त्रण गर्छ । ठूला होटल होइन होम स्टेलाइ प्रमोट गर्ने, ठूलो उद्योगले समाजलाई नियंत्रित गर्छ । त्यही भएर आज राजनीतिमा ब्यापारी तथा दलालहरूको पहुँच छ । इमानदार तथा देशभक्तहरू अल्पमतमा परेका छन् ।
राजनैतिक पहुँच नभएको एउटा किसानले कहिल्यै अनुदान पाउँदैन तर कृषिको नाममा दलाली र चाप्लुसी गर्दै भ्रष्टाचार गरेर आर्जेको सम्पत्तिमा चुरिफुरी गर्नेको समाजमा प्रतिष्ठितको उपमा छ भने पार्टी सत्ता तथा राज्य सत्तामा यिनिहरूकै हालीमुहाली छ ।
आज हरेक नेपालीको टाउकोमा ॠण थोप्दै चर्को व्याज असुलेर पालिएको कर्मचारी र शासकले देश र जनताको पसिना लुटिरहेका छन् । आखिर नागरिकले के पाए बिचार गर्न जरुरी छ । जटिल ऐन कानुन र नियमको परिमार्जन कहिले हुने ? अरुलाई दोष देखाएर राष्ट्रियता बलियो हुने होइन हामी आत्मनिर्भर कसरी हुने त्यसमा छलफल गर्नु आजको आवश्यकता हो ।
(लेखक सामाजिक अभियान्ता हुन्)।





















प्रतिक्रिया