खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुराका एक बालकले ज्यान गुमाएका छन् ।
झडपमा परी घाइते भएका डडेल्धुराको आलिताल गाउँपालिका ६ भौनाका गणेश महरका १२ वर्षीय छोराले ज्यान गुमाएका हुन् ।
आलिताल गाउँपालिका वडा नम्बर ६ मा दुई दिनअघि खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको धनगढीस्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।





















प्रतिक्रिया