Logo

मनोरञ्जन

सुरक्षा गार्डलाई कोरोना देखिएपछि बलिउड अभिनेत्री रेखाको मुम्बईस्थित घर सिल



बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ ।

मुम्बई महानगरले उनको घरलाई सिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखाको घर बाहिर संक्रमणको जोखिमयुक्त क्षेत्र भनेर सूचना टाँसिएको छ ।

रेखाको घरमा रहेका दुई सुरक्षा गार्ड मध्ये एकजनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।