Logo

मनोरञ्जन

अनुपम खेरकी आमासहित बाँकी परिवारमा कोरोना संक्रमण



बलिउड अभिनेता अनुपम खेरले आइतबार ट्विट गर्दै आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ भएको जानकारी दिएका छन् । एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पाजेटिभ भएको बताएका छन् ।

साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् । अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।

आमाले केही दिनदेखि अस्वस्थ महसुस गरिरहेकाले कोरोना परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको तर पछि सिटी स्क्यान गराउँदा भने कोरोना पोजेटिभ भएको उनले बताए । भिडियोको अन्तिममा उनले डाक्टर र मुम्बाई नगर निगमलाई धन्यवाद दिँदै दाइको घरलाई स्यानिटाइज गरिसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १५:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।