Logo

समाचार

सुदुरपश्चिम प्रदेशका तीन मन्त्रालयमा कुकर बम भेटिएको आशंका



 

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्।

प्रदेश सरकारका ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन्।

कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो । बम किन कसले राख्यो भनेर अहिलेसम्म खुल्न सकेको छैन ।

प्रहरीको डिस्पोजल टोली उक्त घटना स्थलमा पुगिसेकको उक्त क्षेत्रलाई सिल गरिएको प्रहरीले जनाएको छ ।

आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको थियो ।

आफ्ना कार्यकर्तालाई विना कारण पक्राउ परेको भन्दै चन्द समूहले बन्दको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।