Logo

टिप्पणी

हरेक नेपालीलाई मोतियाविन्दु देख्ने स्वाथ्यमन्त्री !



विश्वभर कोराना भाइरस (कोभिड १९) कारण सारा विश्व आक्रान्त बनेको छ । सबै देशको ध्यान यतिबेला कोरोना महामारीबाट आफ्ना नागरिकलाई कसरी स्वास्थ्य बनाउने र कोरोना नियन्त्रणबाट कसरी छुटकरा पाउन सकिन्छ भन्ने तर्फ केन्द्रित छन् ।

हरेक देशका नागरिकलाई यतिबेला स्वास्थ्यसँग सरोकार छ । सरकारले गर्ने स्वास्थ्य नीति र कदमको बारेमा चासो हुनु स्वाभाविक हो । यतिबेला हरेक देशका स्वास्थ्यसँग सम्बन्धीत रहेर काम गरेको सरकारकार बारेमा सरकारले गरेका प्रगतिको बारेमा बताउँदा पनि उक्त देशका नागरिकलाई सानत्वना प्रदान गर्छ ।

नेपालमा पनि कोरोना भाइरसको प्रभावले निरन्तर गाँजिररहेको छ । एकपछि अर्को चरम संकटतर्फ बढ्दै गएको भने मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुन थालेको छ । त्यसकारण पनि अहिलेको विसम परिस्थिपतिमा नेपाली जनताले आशा गर्ने भनेको स्वास्थ्यसँग सम्बन्धीत काम गर्ने निकायहरुकै हो । अहिलेको चासो र सरोकार त्यसैप्रति केन्द्रीत छ ।

त्यसकारण अहिलेको नेकपाभित्रको बहसको आफ्नो पाटो होला, राजनीति र अर्थव्यवस्थापनको अर्को पाटो होला । तर, यतिबेलाको समयमा महत्वपूर्ण मान्नु पर्ने र सबैका चासो र सरोकार भएका मन्त्री बन्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ।

हिजोआज उनले बोलेको वाणिले मात्र पनि ठुलो अर्थ राख्छ । किनभने नेपालमा कोरोना नियन्त्रण गर्ने जिम्मा नेपाली जनताले उनैलाई सुम्पिएका छन् ।

त्यसैले नेपाल देशकै स्वास्थ्य मन्त्री भएका भानुभक्त ढकालका हरेक क्रियाकलाप, उनको वाणि कोरोनाको चपेटामा परेका नेपाली कोरोना उच्च जोखिममा रहेको जनताका लागि उनको बोली महत्वपूर्ण हुनु स्वाभाविक हो ।

तर उनले गत साउन १२ गतेको एक कार्यक्रममा बोल्दै मन्त्री ढकालले सरकारकले गरेको काम नदेख्ने नेपालीलाई मातियाविन्दु लागेको हुनुपर्छ भन्दै तिखो टिप्पणी गरे ।

उनले कार्यक्रममा बोल्दै भने ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

मन्त्री ढकालले सरकारले गरेको काम प्रति नेपाली जनता असन्तुष्ट बनेको कुरालाई केन्द्रमा राख्दै यो तर्क गर्न भ्याए । मन्त्री ढकालले नेपालीलाई मोतीयाविन्दु देख्नु ठिकै पनि हो नेपाली जनतालाई मोतियाविन्दु नलागेको भए मन्त्री ढकाल औषधि खरिद प्रकरणमा मुछिएको देखेर पनि टुलुटुलु हेर्न बाध्य हुने थिएनन् । किन भने नेपाली जनतलाई यि सबै देख्नुन नै छैन ।

नेपाली जनता कोरोना भाइरसको संक्रमणबाट मर्न बाध्य भएका छन् त्यो पनि नेपाली जनताले देख्न चाहेन्न किन भने नेपाली जनतालाई मोतियाविन्दु लागेको छ । जनकपुरमा राजु सदाले  जीवनजल नपाएरज्यान गुमाउदाँ मुक्त दर्शन बनेका नेपालीलाई मन्त्री ढकालले नेपाली जनतलाई मोतियाविन्दु देख्नु सामान्य हो ।

सरकारले गरेका हर गल्तीलाई चुपचाप सहेर बसेको देख्ने तपाईको नजिरले नेपाली जनताको निरीहरता र कमाजोरीलाई ढकालले प्रष्ट पारेका छन् आज उनले बल्ल मन्त्री भएसी महसुस गरेकी ‘मैले नेपाली जनताका लागि यति धेरै अन्याय गर्दा पनि मलाई जनताले उच्च सम्मान्न गरिरहेका छन्।’ तर, पनि जनता मेरै पछिपछि किन लागेको होलान् भन्ने भान कमसेकम मन्त्री ढकाले महसुस गर्ने सासह त गरे ।

कोरोना परीक्षणको दायरा घट्यो बढ्यो संक्रमितको समुदायमामा फैलिसकेको होकि भन्ने भान नेपाली जनतामा पर्न थालेको छ । के अव नेपाली जनताले कोरोना परीक्षण नगर अब सरकारले आखाँदेखेको छ सरकारले नै गरोस् भनेर मोतिया विन्दु भएका नेपाली जनता आँखा चिम्म गरेर बस्ने ? जीवनजल नपाएर राजु सदाको परिवारले मेरो छोरो जीवनजल खान नपाएर काल आएर मृत्यु भएको भनेर मन बुझाउने ? किनभने यि प्रश्न गर्न पनि आँखाले देख्नुपर्छ नेपालीको आँखामा मातिया विन्दु लागेको छ। मन्त्री ढकालले मात्र होइन अन्य मन्त्रीहरुले पनि नेपालीहरुले मोतियाविन्दु देख्ने महसुस गरुन् । महसुुस मात्र गरिदिए पनि मोतियाविन्दु लागेका नेपालीलाई खुशि मिल्ने छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।