Logo

टिप्पणी

के प्रचण्ड अब निरीह भएकै हुन् ?



नेपाल कम्युनिष्ट पार्टी भित्र यतिबेला सबैभन्दा बढी छट्पटी असन्तोष कस्लाई छ भने त्यो नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई छ । कुनै बेलाका शक्तिशाली नेताका रुपमा उदायका ‘प्रचण्ड’ पार्टी एकतापछि भने उनी आफूलाई खुम्चिएको महसुस गर्न थालेका छन्।

अहिले उठेको विवादको केन्द्रका नायक हुन् प्रचण्ड । उनकै वरीपरीमा अहिले नेकपा भित्रको हलचल उत्पन्न गराउनुमा उनको प्रमुख भूमिका छ । तर, नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीति चतुर्‍याइका अगाडि पछिल्लो समय ‘प्रचण्ड’ आफूलाई शक्तिहिन र दिशाहिन भएको होकि भन्नेमा लागेको छ ।

पार्टी एकता पछिका ‘प्रचण्ड’

व्यक्तिगत रुपमा प्रचण्डलाई पार्टी एकता गरेको बेलाबेला पछुतो हुन थालेको छ । पार्टी एकता गरेपछिको बेलाबेलामा दिने केही अभिव्यक्तिले यस विषयमा छनक दिन थालेको छ । विशेषतः प्रचण्ड दुईवटा कुरामा खुशि छैनन् , पहिलो, उनका पूर्व माओवादीका नेताहरु ओलीको पक्षमा जान थालेका छन् ।

पूर्व एमालेका केही नेता प्रचण्डको साथमा भएको भएपनि भोली उनीहरु आफ्नै माउ पार्टी तर्फ फर्किने सम्भवना रहन्छ । त्यसैले पनि प्रचण्ड अहिले ओली तर्फ निरीह बन्न पुगेका हुन् कि जस्तो देखिन्छ । दोस्रो बामदेवको ललिपप नीति, बालुटारबाट फर्किदा ओलीतिर, खुमटार भैँसीपाटी फर्किदा प्रचण्डतर्फको नीतिले बामनीतिबाट प्रचण्ड आजित भइसके । यीनै दुइबाट प्रचण्ड रनभूल्लमा भूलिनुका साथै टोलाउन थालेका छन् ।

बैशाख देखि चलेको नेकपा भित्रको शक्ति संघर्ष पनि ओली र प्रचण्डबीचको पदको कुरामा मात्र हो । त्यसमा साथ माधव नेपालले दिए। माधव नेपालको लागि अहिले कुनै पद लोभको उनलाई आशा पनि छैन । उनलाई अहिले अध्यक्षको हैसियतमा प्रचण्डलाई पुर्‍याउनु या त प्रधानमन्त्री बनाएर आगामि महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रचण्डले साथ दिउन भन्ने ध्यान नेपाल समूहको छ । त्यसका कारण पनि नेपाल समूह ‘लौरो पनि नभाँचियोस्, सर्प पनि मरोस्’ शैलीमा छ ।

यता प्रचण्ड र नेपालले जतिसुकै आफूमाथि खनिएपनि ओली ढुक्कछन् , उनीसँग पूर्वमाओवादीकै पक्षमा रामबहादुर थापा ‘बादल’ छन् , लेखराज भट्ट, घनश्याम भूषाल पनि लगभग ओलीतिर छन् । त्यसकारण ओली आफूलाई ढुक्क सावित गरेका छन् ।

बामदेव अवतार

अहिले चर्चाको केन्द्रमा रहेको छन् नेकपा उपाध्यक्ष बामदेव गौतम । जता भारी तराजु उतै ओजन भने झै बामदेव गौतम भारी तराजुका ओजन हुन् । ओली र प्रचण्डका समूहका, त्यसैले उनी जता आफूलाई लाभ होला हुन्छ उनी त्यतै लहपट्टि पुग्छन् । कुनै बेला प्रचण्ड र नेपाल र गौतम मिलेर ओलीको विकल्प सोच्नुपर्छ राजीनामा दिन पर्छ भन्ने बामदेव अहिले ओलीलाई निरन्तरता दिनुपर्ने, महाधिवेशनबाटै अध्यक्ष चुन्ने विषयको निष्कर्षमा पुगेका छन् ।

जबकी ओलीलाई यस प्रस्तावले डुब्न लागेको नाउँ फेरि उत्साहका साथ बग्न थालेका भान मिलेको छ । जब बामदेव गौतमबाट उक्त प्रस्ताव आएकै दिन ओलीले भैैंसीपाटीमा पुगेर थप कृतज्ञाता प्रकट गरे । त्यसलै पनि ओली आफूलाई अहिले एक्लो बाघ महसुस हुन थालेका छन् । जसका बीचका गोटी भनेका बामदेव हुन् ।

अन्तत:  यी सबै नियालिरहेको प्रचण्डले आफूलाई एक्लो महसुस गर्न सामान्य हो । अप्ठारोमा पर्दा आप्नै पार्टीका सहोदरहरुले नटेरेपछि न ओलीलाई हटाउन नै उनले सक्ने अवस्थामा छन् नत एक्लोपाटी अध्यक्ष भएर पार्टी चलाउननै पाएका छन् ।

उनलाई के पनि अनुभूति हुन थालेको छ भने, सरकार कोरोना महामारीको समयको बीचमा सरकारलाई काममा सहयोग गराउन भूमिका खेल्नुपर्ने ठाउँमा अहिले बेकारको बखेडा झिकेर किचलो निम्त्याएको दोष पनि प्रचण्ड माथि नै प्रश्च चिन्ह खडा भएको छ ।

त्यसैले अब प्रचण्ड ओली र नेपालबाट जे प्रस्ताब आउँछ उनी महाधिवेशनसम्म चुप रहने रणनीतिमा देखिन्छन् । अब ओली माधन नेपालबाट कस्तो क्रियाप्रतिक्रिया आउँछ र प्रचण्डको भूमिका पाटीमा कुन स्तरको हुने छ त्यो भने हेर्न बाँकि नै रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।