धनराज आचार्य पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा जन्मिएका हुन् । बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते उनको जन्म भएको हो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी सानैदेखि पढ्नमा अब्बल थिए । धनराजले भरतपोखरीको शान्ति उदय माविबाट एस.एल.सी सम्मको पढाइ गरे । शान्ति उदय माविबाट शैक्षिक यात्रा सुरु गरेका उनले पृथ्वीनारायण…