काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।