प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले समाजलाई साहित्यका माध्यमबाट पहिचान गर्न महत्वपूर्ण कार्य भएको बताएकी छन् । जेसुम अभियानकर्मी अनिता लामाको आज एकल कविता वाचन कार्यक्रममा उनले कविताका माध्यमबाट समाज पहिचानको कार्य सहज नभए पनि लामाका हरेक कवितामा पहिचान झल्किएको बताइन् । नेपाल प्रज्ञा (प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले विगतका तुलनामा लामाको कविता परिष्कृत…