कवि तथा समालोचक महेश कार्की क्षितिजको पहिलो कविता सङ्ग्रह “एक्लो महारथी” सार्वजनिक भएको छ । कवि भुवनहरि सिग्देलको सभापतित्वमा नेपाल प्रज्ञाप्रतिष्ठनमा शनिबार आयोजित एक कार्यक्रममा कवि कार्कीका मातापिता लालबाहदुर कार्की र चन्द्रमाया कार्की, कविहरू पुष्कर लोहनी र मोमिला तथा समीक्षकहरू राजकुमार बानियाँ र महेश पौड्यालले उक्त कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कृतिमाथि समीक्षात्मक…