बुद्धको देश त बन्यो मेरो देश जब सिद्धार्थ जन्मे तिलौराकोटमा अनि मेरै सीमारेखा भित्र परे कित्ताकाटका टुक्राहरू । बुद्धत्वको देश बन्न त अझै धेरै बाँकी छ - मेरो देश !अझै बाँकी छन् लाखौँ आमालेबुद्ध मनका भ्रूणहरू उमार्न कोख कोखमा ,प्रसवहरू झेल्न बाँकी छन् अनगिन्तीमेरो देशका मझेरीहरूमा । हाँस्न बिर्सेका जननीहरूलेबुद्धत्व जन्मको च्या च्या आवाज सँगै फुस्काउनै बाँकी छन्ओठ ओठबाट मुस्कानहरू…