काठमाडाैं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार नाफा, ब्याज आम्दानी र कुल व्यवसाय विस्तारमा उत्साहजनक सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब…