लोककल्याणकारी राज्यको अवधारणाको विकाससँगै सामाजिक सुरक्षा कार्यक्रमको अवधारणाको पनि विकास भएको पाइन्छ । व्यक्तिले आफ्नो सक्षम जीवनकालमा आफ्नो आम्दानीको केही हिस्सा राज्यको नीति अन्तर्गत योगदान गरी, आफू असक्षम भएको अवस्थामा राज्यबाट सामाजिक सुरक्षा प्राप्त गर्नु नै योगदानमा आधारित सामाजिक सुरक्षा हो नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मंसिर ११ देखि औपचारिक सुरुवात भएको हो ।…