Logo

प्रधानमन्त्री दाहालले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरे पूजा

काठमाडौँ — भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले उक्त मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् । पूर्व निर्धारित कार्यक्रमअनुसार भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका…